Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सन्तोष प्रसाईलाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्ड

सन्तोष प्रसाईलाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्ड

काठमाडाैं, १७ भदाै । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’ बाट सम्मानित भएका छन्।

उनी छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत उक्त अवार्ड प्राप्त गर्ने क्रममा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मानित गरेका हुन्।

बीमा क्षेत्रको नियामक संस्था तत्कालीन बीमा समितिदेखि लिएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वमा पुगेका प्रसाईको लामो योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रसाईको नेतृत्वमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसाय वृद्धि गर्दै नेपाली बीमा बजारमा बलियो उपस्थिति स्थापित गरेको थियो।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा र व्यवसायमा उत्कृष्टता हासिल गरेका व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गरिँदै आएको छ। यस वर्ष नेपालसहित एसियाका विभिन्न देशका आफ्नो क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरू सम्मानित भएका थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *