Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

सुनमा पुनः नयाँ उचाइ, चाँदी भने सस्तो

सुनमा पुनः नयाँ उचाइ, चाँदी भने सस्तो

काठमाडाैं, १८ भदाै । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ। लगातार बढ्दो क्रमसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारसम्म प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला २ हजार रुपैयाँले उक्लिँदै इतिहासकै उच्च मूल्यमा पुगेको हो। मंगलबार मात्रै सुनमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको थियो।

सुनले नयाँ उचाइ चुमिरहेका बेला चाँदी भने ओरालो लागेको छ। मंगलबार प्रतितोला २ हजार ४८५ रुपैयाँमा कायम भएको चाँदी बुधबार ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *