Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

असोज १ देखि विदेशी नागरिक इलेक्ट्रोनिक निगरानीमा

असोज १ देखि विदेशी नागरिक इलेक्ट्रोनिक निगरानीमा

काठमाडाैं, १८ भदाै । अब नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको आगमनदेखि बसोबास र गतिविधि राज्यको प्रत्यक्ष निगरानीमा रहने भएको छ। अध्यागमन विभागले ‘दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्दै विदेशी नागरिकसम्बन्धी सम्पूर्ण विवरण इलेक्ट्रोनिक अभिलेखमा राख्ने तयारी गरेको हो।

विभागका अनुसार नयाँ प्रणाली आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागू हुनेछ। दोस्रो चरणमा भने मंसिर १ बाट यो व्यवस्था सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेन्जर लगायतमा विस्तार गरिने छ।

अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको सुरक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि विदेशी नागरिकको गतिविधि निगरानीमा रहन जरुरी छ।”

नयाँ प्रणालीले विदेशी नागरिकको बसोबास अभिलेख सुरक्षित गर्ने, आपत्कालीन अवस्थामा उद्धारमा सहयोग गर्ने र सम्भावित अपराध नियन्त्रणमा प्रभावकारी हुने विभागले दाबी गरेको छ।

यसका साथै, विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ। अनुगमन सुनिश्चित गर्न ७७ वटै जिल्लामा अनुगमन समिति सक्रिय गरिने पनि विभागले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *