Date

शनि, भदौ २१, २०८२
Sat, September 6, 2025

सुन २५ सयले उक्लियो, चाँदीले पनि बनायो नयाँ रेकर्ड

सुन २५ सयले उक्लियो, चाँदीले पनि बनायो नयाँ रेकर्ड

काठमाडाैं, २० भदाै । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य नयाँ उचाइमा पुगेका छन्। बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार यो मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च दर हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *