Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

कामना सेवा बैंकले घोषणा गर्‍यो १५.७८% लाभांश

कामना सेवा बैंकले घोषणा गर्‍यो १५.७८% लाभांश

काठमाडाैं, २३ भदाै । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ। बैंकले सेयरधनीलाई चुक्तापूँजीको १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमा १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। यस लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।

यससँगै, चालु वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ। गत आर्थिक वर्षमा भने बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश मात्र वितरण गरेको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *