एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाण्डौ, २० भदौ । एनआई सी एशिया बैंकले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरका थिए ।
बैंकले मुलुकभर २ सय ४१ शाखाकार्यालयहरु, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने गरिरहेको छ । मुलुक कै सबै भन्दा ठुलो बैंकको रुपमा रहेको एनआईसी एसिया बैंकको वासलातको आकार १ सय ८५ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ५५अर्बरुपैयाँ तथा कर्जा १ सय २८ अर्ब रुपैयाँ रहेको छ ।