Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

काठमाण्डौ, २० भदौ । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा काठ्माण्डौको ठमेलमा बिस्तार गरेको छ ।

देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्ने क्रममा काठमाण्डौ म.न.पा. वडा नं. १६, ठमेलमा आफ्नो शाखाकार्यालय विस्तार गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्तशाखा कार्यालयको समुद्घाटन गर्दैे बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका छन् । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवापनि प्रदान गर्न आवश्यक रहेको डेपुटी गभर्नर शिवाकोटील बताएका छन् ।

बैंकको वर्तमानअवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमाजानकारी गराउनु भएको थियो । मुक्तिनाथ विकास बैंकले समावेशी वित्तीयपहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताएका छन् ।

मुक्तिनाथविकास बैंकको हाल सम्मकाठमाण्डौ उपत्यका भित्र ठमेल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा ल्याई सकेको छ भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा बैक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x