Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

झुम्का कारागारबाट भागेका ७०५ कैदी पक्राउ, बाँकी खोजी जारी

झुम्का कारागारबाट भागेका ७०५ कैदी पक्राउ, बाँकी खोजी जारी

काठमाडाैं, ३१ भदाै । सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाका अनुसार, भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिका कारण कारागारबाट कुल १ हजार ५७२ जना कैदीबन्दी भागेका थिए।

प्रहरी उपरीक्षक तिम्सनाले जानकारी दिए अनुसार, प्रदर्शनकारीले भदौ २४ गते राति १०० बढीको समूहमा कारागार प्रवेश गरी क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए। बाहिरबाट प्रदर्शनकारीको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा खुकुलो बनाएको थियो।

कारागारमा दुई वटा ब्लक रहेका थिए। तीमध्ये २२७ बाहेक एकैसाथ १ हजार ५७२ जना कैदीबन्दी भागेका थिए। भारतीय तथा विदेशी ६५ जनासहित बाँकी सबै नेपाली कैदीमध्ये सबै भारतीय कैदीबन्दी पनि भागेका छन्।

सोमबार रातिसम्ममा ७०५ जनालाई पक्राउ गरिएको छ भने बाँकी कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *