Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

जेनजीपछि काठमाडौं सरसफाईमा शिवम् सिमेन्टको पहल

जेनजीपछि काठमाडौं सरसफाईमा शिवम् सिमेन्टको पहल

काठमाडाैं, ३१ भदाै । हालैको जेनजी आन्दोलनपश्चात् काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण उत्पन्न अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सुरु गरेको छ।

कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरको सरसफाईसँगै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत सहयोग गरेको जनाएको छ।

शिवम् सिमेन्टका अनुसार वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरूमा पनि निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा राख्न योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

“समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित राख्न निरन्तर प्रयासरत रहनेछौं,” कम्पनीले जनाएको छ।

यो पहलले जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौंलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *