Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

साउनमा चालु खाता बचत ७८ अर्ब नाघ्यो

साउनमा चालु खाता बचत ७८ अर्ब नाघ्यो

काठमाडाैं, ३१ भदाै । नेपालको चालु खाता चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा रु.७८ अर्ब १४ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ८ करोडले मात्र बचतमा थियो। अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्ष २५ करोडको बचत रहेको चालु खाता यस वर्षको समीक्षा अवधिमा ५६ करोड डलर बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ४ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु.२२ करोडभन्दा उल्लेख्य बढ्दो हो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६९ करोड भित्रिएको छ, भने अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु.८० करोड थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ। यो अवधि रु.८९ अर्ब ३० करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु.४० अर्ब ९० करोडको बचतभन्दा दोब्बरभन्दा बढी हो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष ३१ करोडको बचत रहेको शोधनान्तर स्थिति यसपटक ६४ करोड डलरमा पुगेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *