Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु

पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु

काठमाडाैं, २ भदाै । अमेरिकाको पेन्सिलभेनिया राज्यको उत्तर कोडोरस टाउनशिप, योर्क काउन्टीमा बुधबार दिउँसो तीन प्रहरीको हत्या भएको छ। बिबिसीका अनुसार गोलीकाण्ड स्कुल नजिकै भएको हो।

घटनामा प्रहरीले जबाफी फायरिङ गर्दा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ। यसै क्रममा दुई प्रहरी गम्भीर घाइते भएका छन्।

घटना सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ तर गोली चलाउने व्यक्ति र घटनाका कारणबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन।

पोलिस अधिकारीहरूको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *