Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

सम्हालियो सेयर बजार, निर्जीवन बीमामा भारी गिरावट

सम्हालियो सेयर बजार, निर्जीवन बीमामा भारी गिरावट

काठमाडौं, ५ असोज । गत बिहीबार तीन पटकसम्म नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार सम्हालिएको छ । सुरुवाती कारोबारका क्रममा आइतबार बजार बढेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक २२ अंक बढेको छ । यतिबेलासम्म ३ अर्ब ७२ करोडको कारोबार भएको छ ।

१५३ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ भने ३ को स्थिर छ । कारोबारका क्रममा निर्जीवन बीमा समूहमा भारी गिरावट आएको छ । पहिलो एक घण्टामा निर्जीवन बीमा समूह सबैभन्दा धेरै ७.१ प्रतिशत घटेको छ ।

निर्जीवन बीमापछि धेरै घट्नेमा अन्य समूह छ । सो समूह ३.५२ प्रतिशत घटेको छ । दुई पुनर्बीमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले घट्दा अन्य समूह प्रभावित भएको छ ।

यसअघि जेनजी प्रदर्शनका क्रममा क्षति भएका संरचनाको बीमा माग दाबी बढेसँगै निर्जीवन बीमा र अन्य समूह बढी प्रभावित भएका हुन् । साथै होटल तथा पर्यटन समूह पनि प्रभावित देखिएको छ । यो समूह पनि पहिलो एक घण्टामा १.७ प्रतिशत घटेको छ ।

बैंकिङ, विकास बैंक, लगानी, हाइड्रोपावर जस्ता सेक्टर बढेका छन् । पहिलो एक घण्टामा यी सेक्टर २ प्रतिशतभन्दा धेरै बढेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *