सुन २ लाख १७ हजार ८ सयमा, चाँदी पनि नयाँ उच्चतम मूल्यमा

काठमाडाैं, ६ असाेज । लगातार उकालो लाग्दै आएको सुनको मूल्य सोमबार पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको सुन सोमबार फेरि ७ सय रुपैयाँले बढेर इतिहासकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सो मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिनको भन्दा प्रतितोला ३० रुपैयाँले बढेर चाँदी २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।