Date

शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025

फुलसर्कलको जोइन्ट पप–अप कार्निवलमा १,५०० भन्दा बढीको सहभागीता

फुलसर्कलको जोइन्ट पप–अप कार्निवलमा १,५०० भन्दा बढीको सहभागीता

काठमाडाैं, ६ असाेज । फुलसर्कलद्वारा आयोजित जोइन्ट पप–अप कार्निवल आज सफलतापूर्वक सम्पन्न भएको छ। एकदिने यो कार्निवलले १,५०० भन्दा बढी आगन्तुकलाई आकर्षित गर्दै साधारण पप–अप बजारभन्दा फरक र अविस्मरणीय अनुभव प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्निवलमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादनका २५ भन्दा बढी स्टल, गेमिङ जोन र ब्रान्ड एक्टिभेसनले विशेष आकर्षण जोडे। आगन्तुकहरूले किनमेलसँगै सांस्कृतिक उत्सवको अनुभूति पाए। प्रतिस्पर्धात्मक खेल, अद्वितीय उत्पादनको खोजी र ब्रान्डहरूसँगको सिर्जनात्मक अन्तरक्रियाले कार्यक्रमलाई झन् रमाइलो बनाएको थियो।

इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स मुख्य प्रायोजक बनेका थिए। इन्फिनिक्सले मोबाइल लेजेन्ड्स ब्याङ ब्याङ गेमिङ प्रतियोगिता आयोजना गर्‍यो, जसको विजेताले नयाँ हट ६० प्रो प्लस स्मार्टफोन प्राप्त गरे। साथै, कम्पनीले गिनिज वल्र्ड रेकर्ड पाएको सबैभन्दा पातलो फोन हट ६० प्रो प्लस र गेमिङ–केन्द्रित जीटी ३० प्रो सार्वजनिक गर्‍यो।

सेन्चुरी मसला र स्न्याक्सले नेपाली परम्पराको स्वाद प्रस्तुत गर्दै लोकप्रिय मसला र स्न्याक उत्पादनको प्रदर्शनीसहित अन्तरक्रियात्मक उपहार वितरण गर्‍यो। अन्य ब्रान्डहरू जस्तै हुवावेले प्रिमियम स्मार्टवाचमा दशैं विशेष अफरसहित निःशुल्क इयरबड्स बाँड्यो। तक्षशिला एजुकेशन कन्सल्टेन्ट्सले विद्यार्थीहरूलाई मिनी–गेममार्फत संलग्न गर्दै निःशुल्क आइयल्स र पीटीई क्लास भाउचर प्रदान गर्‍यो। त्यस्तै, सिजी नुडल्स र योयोसोले आफ्ना उत्पादन उपहारस्वरूप वितरण गरे।

फुलसर्कलले विश्वव्यापी ब्रान्ड र स्थानीय व्यवसायलाई एउटै उत्सवमय छातामुनि ल्याउँदै जोइन्ट पप–अप कार्निवललाई समुदाय, संस्कृति र सम्पर्कको अद्वितीय उत्सवका रूपमा स्थापित गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *