Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु र घाईते हुनेलाई काठण्माडौ ल्याइयो

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु  र घाईते हुनेलाई काठण्माडौ ल्याइयो

काठमाण्डौ, २४ भदौ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको ६ जनाको शव र एक जना घाईतेलाई आईतबार बिहान विदुर हूदै काठण्माडौ ल्याइएको छ ।

दुर्गम स्थानमा दुर्घटना भएका कारण शव र घाईतेलाई ल्याउन कठिन भएको हुनाले प्रहरी र स्थानियबासीको सकिृयतामा घाईत र शवको उद्धार गरिएको हो । गोरखाबट काठमाडौं फर्किने क्रममा सम्पर्क विहीन भएको अल्टिच्युड एयरलाइन्सको उक्त हेलिकोप्टरमा  हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित सात जना सवार रहेकोमा चालक सहित ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको छ ।

दुर्घटनामा परि मुत्यु हुने अन्य यात्रुहरुमा मा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ  सहित दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकीलाई भने जिवितै प्रहरीले उद्धार गरेर उपचारका लागी काठमाण्डौ ल्याईएको छ । गम्भिर घाईटे भएकी आनी डोल्पा डिकीलाई सुरक्षाकर्मी र स्थानीयवासीले एक घण्टासम्म बोकेर सुरक्षित स्थानमा पु¥याएपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याई हाल उनी मेडिसिटी अस्पतालमा उपचारार्थ छिन् ।

गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको अवस्थामा भेटिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x