Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

समृद्धि फाइनान्स जनकपुर शाखाले तेस्रो वार्षिकोत्सव मनायो

समृद्धि फाइनान्स जनकपुर शाखाले तेस्रो वार्षिकोत्सव मनायो

काठमाडाैं, ६ असाेज । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाएको छ। कार्यक्रममा प्रमुख ग्राहक तथा स्थानीय व्यक्तिहरूको उपस्थितिमा शाखाले तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै उपलब्धिहरू प्रस्तुत गर्‍यो।

शाखा प्रमुखले ग्राहकहरूको विश्वास र समर्थनकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको बताए। उनले आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै ग्राहकहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रममा सहभागी प्रमुख ग्राहक र स्थानीय व्यक्तिहरूसँग सहकार्य र उत्कृष्ट सेवाको अपेक्षा राख्दै कम्पनीले वित्तीय सेवा क्षेत्रमा सकारात्मक प्रभाव कायम राख्ने विश्वास व्यक्त गर्‍यो।

समृद्धि फाइनान्स, नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कम्पनी हो। हाल कम्पनी १३ शाखाहरू मार्फत कारोबार गर्दै आएको छ र आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर. कोड जस्ता डिजिटल सुविधा प्रदान गर्दै आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *