Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

घटस्थापनामा पनि आरटीजीएस सेवा खुला, बिहान १० देखि दिउँसो ४ बजेसम्म

घटस्थापनामा पनि आरटीजीएस सेवा खुला, बिहान १० देखि दिउँसो ४ बजेसम्म

काठमाडाैं, ६ असाेज । आज घटस्थापनाको सार्वजनिक बिदा भए पनि ठूलो रकम भुक्तानीका लागि प्रयोग हुने ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) सेवा सञ्चालनमा रहने भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला हुनेछ। राष्ट्र बैंकले सूचना जारी गर्दै अत्यावश्यक भुक्तानीहरू सहज बनाउन सेवा सुचारु गरिएको जानकारी दिएको छ।

आरटीजीएस प्रणाली मुख्य रूपमा ठूलो मूल्य र तुरुन्तै सेटल गर्नुपर्ने कारोबारका लागि प्रयोग गरिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले आपसी भुक्तानी, संस्थागत कारोबार र उच्च मूल्यका ट्रान्सफरमा यस प्रणालीमार्फत कारोबार गर्ने गर्छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *