दशैंमा टिका मात्र होइन, ट्राभलको रौनक

काठमाडाैं, १२ असाेज । घरको पूजा, टीका–जमरा र पारिवारिक भेला दशैंको परम्परागत छवि हो । तर, पछिल्ला वर्षहरूमा नेपालीहरू दशैंलाई केवल घरभित्र सीमित नगरी देश–विदेशको यात्रा गरेर नयाँ अनुभव लिन अग्रसर भएका छन्। लामो बिदालाई रिफ्रेस गर्ने अवसरका रूपमा प्रयोग गर्ने ट्रेन्ड तीव्र बनेको छ।
कामको व्यस्तता र नयाँ अनुभवको चाहनाले दशैं–तिहार जस्ता पर्व ‘पिक टुरिस्ट सिजन’ जस्तै भएको छ। विमानस्थलको चहलपहल र पासपोर्टमा थपिने नयाँ स्ट्याम्पहरू यो प्रवृत्तिको संकेत हुन्।
देशको आन्तरिक गन्तव्यसँगै विदेशी यात्रा पनि निकै लोकप्रिय छ। थाइल्याण्ड, दुबई, माल्दिभ्स, इन्डोनेसियाको बाली, चीनको ग्रेटवालदेखि भियतनामका झरनासम्म नेपालीको आकर्षण बढ्दो छ। ट्राभल एजेन्सीहरूले दशैंलाई लक्षित गर्दै विविध प्याकेज बजारमा ल्याएका छन्।
प्रमुख प्याकेज र मूल्य
- दुबई: ४ रात ५ दिनको भ्रमण, करिब रु.७०,५००। बुर्ज खलिफा र पाम जुमेरा मुख्य आकर्षण।
- थाइल्याण्ड: ४–५ रातको यात्रा, रु.४९,५०० देखि ८२,२००। बैंकक, पटाया, कोरल आइल्याण्ड भ्रमण।
- माल्दिभ्स: ३ रात ४ दिन, रु.१,१९,५००–१,५०,०००। क्रिस्टल समुद्री पानी, वाटर भिल्ला।
- बाली (इन्डोनेसिया): ४ रात ५ दिन, करिब रु.१,३०,०००। कुटा तट, बजार र नाइटलाइफ प्रसिद्ध।
- दार्जिलिङ–दुबई टुर: ४ रात ५ दिन, रु.८९,९९९ बाट सुरु।
- चीन: ६ रात ७ दिन, रु.१,४९,९००। बेइजिङ, ग्रेटवाल, शंघाई भ्रमण।
- गोवा (भारत): ३ रात ४ दिन, रु.२५,०००–५५,०००। पालोलेम तट, क्यासिनो र वाटर स्पोर्ट्स।
- माल्दिभ्स–श्रीलंका कम्बो: ६ रात ७ दिन, रु.१,५०,००० देखि।
- भियतनाम: ४ रात ५ दिन, करिब रु.१,१०,०००। बान जिओक र पोंगौर झरना विशेष आकर्षण।
- बाली–सिंगापुर–मलेसिया कम्बो: १० रात ११ दिन, रु.१,५४,५००।
नेपालीहरू परिवार, साथी वा जीवनसाथीसँग मिलेर लामो योजना बनाउन अब धेरै सोच्नुपर्दैन। सजिलो टुर प्याकेज र विभिन्न अफरले यात्रा झन् सहज बनाएको छ।