मुक्तिनाथ क्यापिटलको ९% नगद लाभांश पारित

काठमाडाैं, १२ असाेज । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६ औँ वार्षिक साधारणसभा असोज १० गते आरण्य बुटिक होटल, हात्तीसारमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष समीर शेखर बज्राचार्यले गरेका थिए।
सभाले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण गर्न एनविएसएम एन्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
बैठकले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी अनुमोदन गरेको कम्पनीले जनाएको छ।