Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

सिटी होटलको हकप्रदमा आवेदन म्याद असोज २६ सम्म

सिटी होटलको हकप्रदमा आवेदन म्याद असोज २६ सम्म

काठमाडाैं, १२ असाेज । सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ। अब लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले कायम १० कित्ता शेयर बराबर ८ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ। यसअन्तर्गत प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गरिएको छ, जसको कुल मूल्य करिब १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबर हुन्छ।

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूलाई मात्र आवेदन दिने अधिकार हुनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *