Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा शाक्यको नेतृत्व

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा शाक्यको नेतृत्व

काठमाडौं, २६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा मणिकरत्न शाक्य चयन भएका छन् ।

पिपुल्स इन्भेष्टमेण्ट कम्पनीका शाक्य उक्त संस्थाको अध्यक्षमा चयन भएका हुन् । यस्तै, सञ्चालकमा नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, नेपाल सरकार अर्थ मन्त्रालयबाट सुबप्रसाद रिजाल र नेपाल बंगलादेश बैंकबाट सलोनिका सिंह चयन भएका छन् । साथै, सञ्चालकमा समूहको सेयर सदस्यमा जमुना ढकाल, सर्वसाधारणबाट भेषराज कंडेल तथा स्वतन्त्रबाट रमेश दाहाल नियुक्त भएका छन् ।

प्रधान कार्यालय बुटबलमा रहेको उक्त लघुवित्तको १९२ शाखा कार्यालयहरु संचालनमा रहेका छन् । संस्थाले १८ प्रतिशत व्याजदरमा लघुवित्त कर्जा दिदैँ आएको छ ।

संस्थाले आगामी दिनमा वित्तीय पहुँचबाट टाढा रहेका गरिब तथा विपन्न वर्गको आर्थिक उत्थानका लागि टेवा पु¥याउन मदत गर्ने अध्यक्ष शाक्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x