Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

डिजिटल भुक्तानीमा राष्ट्र बैंकको नयाँ व्यवस्था, अब २० लाखसम्म कारोबार गर्न सकिने

डिजिटल भुक्तानीमा राष्ट्र बैंकको नयाँ व्यवस्था, अब २० लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं, २२ असोज । मोबाइल बैंकिङबाट एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् भने इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गरेको ‘विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना’ अनुसार अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट–आईपीएस र क्यूआर कोडमार्फत हुने कारोबारमा निश्चित सीमा तोकिएको हो ।

मोबाइल बैंकिङ एप, कनेक्ट–आईपीएस एप वा क्यूआर कोड प्रयोग गरी हुने कारोबारको दैनिक सीमा रु. ३ लाख र मासिक सीमा रु. १० लाख रहनेछ। इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको दैनिक सीमा रु. २० लाख तोकिएको छ भने बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्दा रु. ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। वालेटमार्फत हुने कारोबारमा भने अन्य वालेटमा पठाउँदा दैनिक रु. २५ हजार र मासिक रु. १० लाखसम्मको सीमा कायम गरिएको छ।

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा पनि कुनै सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । त्यस्तै, सरकारी राजस्व, कर, बिमा प्रिमियम, बिजुली–पानी महसुल, दूरसञ्चार शुल्क, विद्यालय शुल्क जस्ता नियमित भुक्तानीमा पनि सीमा नलाग्ने व्यवस्था गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *