सुनको मूल्यमा भारी घटबढ, चाँदीको मूल्य भने बढ्यो

काठमाडाैं, २४ असाेज । लगातार बढ्दो क्रममा रहेका सुनको मूल्य शुक्रबार अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख २३५ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो। यसरी एकैदिन सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
त्यसैबीच, चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार २५ रुपैयाँ रहेकोमा शुक्रबार ३ हजार ८५ रुपैयाँ पुगेको छ।