Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

क्लासिक इन्डष्ट्रिजले स्थिर कारोबार कायम गर्दै ब्रान्ड बलियो

क्लासिक इन्डष्ट्रिजले स्थिर कारोबार कायम गर्दै ब्रान्ड बलियो

काठमाडाैं, २४ असाेज । आरामदायी निद्रा र गुणस्तरीय ओछ्यान सामग्रीमार्फत नेपाली उपभोक्ताको मन जित्दै आएको क्लासिक इन्डष्ट्रिजले सन् २०२५ मा व्यापारमा क्रमिक सुधार गरेको छ। कम्पनीले ३६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्ष सन् २०२४ को ३६ करोड १० लाख रुपैयाँको तुलनामा सानो वृद्धि हो।

सन् १९९० मा व्यापार सुरु गरेको क्लासिक इन्डष्ट्रिजले २०१२ देखि औपचारिक रूपमा उद्योग दर्ता गरी क्लासिक ब्रान्डको नाममा उत्पादन र वितरण गर्दै आएको छ। कम्पनी विशेषगरी म्याट्रेस, टुरिस्ट–क्लास होटलका ओछ्यान सामग्री, कोयर म्याट्रेस लगायतका उत्पादनबाट मुख्य आम्दानी जुटाउँदै आएको छ। त्यसैगरी, तकिया, कुसन, सिरक, तन्ना जस्ता सामग्री पनि ब्रान्डअन्तर्गत उपलब्ध छन्।

सिमरामा उद्योग स्थापना गरिएको कम्पनीसँग देशभर २४ वटा वितरक र करिब ५ हजार खुद्रा पसलमा बिक्री सञ्जाल रहेको छ। कम्पनीसँगै सञ्चालनमा रहेको क्लासिक ट्रेडिङ हाउस प्रालिले वितरण विस्तारमा सहयोग पुर्‍याइरहेको छ।

कर्जाको व्यवस्थापनमा पनि कम्पनीले मजबुत रेटिङ कायम गरेको छ। कुल ७२ करोड ३० लाख रुपैयाँको कर्जा रेटिङमध्ये दीर्घकालीन कर्जाका लागि ५६ करोड ६० लाख र अल्पकालीन कर्जाका लागि १५ करोड ७० लाख रुपैयाँको रेटिङ गरिएको छ।

कम्पनीको नेतृत्व भरतकुमार श्रेष्ठको निर्देशन र मन्दिरा भुजु श्रेष्ठको कार्यकारी नेतृत्वमा संचालन हुँदै आएको छ। गुणस्तरीय उत्पादन र लगातारको स्थिर कारोबारले क्लासिक ब्रान्डलाई नेपाली बजारमा अग्रणी नाम बनाएको देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *