Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

रियल स्टिलको कारोबार बढ्यो, नाफा दर भने घट्यो

रियल स्टिलको कारोबार बढ्यो, नाफा दर भने घट्यो

काठमाडाैं, २४ असाेज । देशको प्रतिस्पर्धात्मक स्टिल बजारमा सक्रिय रियल स्टिल प्रालिले सन् २०२५ मा आफ्नो व्यापार १३.२१ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले गत वर्ष १ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन सन् २०२४ को १ अर्ब २४ करोड १० लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

सन् २०२३ मा कम्पनीको कारोबार १ अर्ब २३ करोड १० लाख, सन् २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ थियो। व्यापार वृद्धिको क्रम जारी भए पनि खुद नाफाको दर ९ प्रतिशतमा सीमित भएको देखिएको छ, जबकि सन् २०२४ मा यो १० प्रतिशत थियो। तथापि, वास्तविक नाफाको रकम भने वृद्धि भएको कम्पनीले जनाएको छ।

रियल स्टिल सन् २०१८ मा स्थापना भएको र २०२० बाट व्यावसायिक उत्पादन सुरु गरेको हो। कम्पनीले एमएस पाइप, सटर पत्ति, सटर गाइड लगायतका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ। वार्षिक ५० हजार १ सय ९८ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले नेपाली बजारसहित भारतीय बजारबाट आवश्यक कच्चा पदार्थ आयात गरी आपूर्ति गर्दै आएको छ।

कम्पनीले हालसम्म १ अर्ब ३६ करोड २ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। यसमा ७५ करोड ३८ लाख दीर्घकालीन र ६१ करोड ५० लाख अल्पकालीन कर्जा समावेश छन्।

अध्यक्ष प्रेमकुमार जतियाको नेतृत्वमा रियल स्टिलले उत्पादन क्षमता र बजार दुवै विस्तार गर्दै आएको छ। कम्पनीले आगामी वर्षमा प्रतिस्पर्धात्मक मूल्य र गुणस्तरीय उत्पादनमार्फत बजार हिस्सेदारी बढाउने लक्ष्य लिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *