Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चक्रपथमा मोनोरेल सञ्चालन सम्भावना, मेयर भन्छन्–मेरै कार्यकालमा काम सक्छु

चक्रपथमा मोनोरेल सञ्चालन सम्भावना, मेयर भन्छन्–मेरै कार्यकालमा काम सक्छु

काठमाडौँ २९ भदौ । काठमाडौंको चक्रपथ क्षेत्रमा मोनोरेल सञ्चालन सम्भव देखिएको छ । सहरी यातायात प्रणाली सुधार गर्न मोनो रेलको सम्भाव्यता अध्ययन गरेको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीले बिहीबार महानगरलाई बुझाएको प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो । आर्थिक, प्राविधिक र वातावरणीय पक्षबाट चक्र पथमा मोनो रेल सम्भव छ । यसका लागि गौशालादेखि चावहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनमा देखाइएको छ ।

अहिले विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोश्रो लाइनमा मोनो रेल चलाउन सकिने र विस्तृत परियोजना प्रतिवेदनपछि काम गर्न अनुमति पाएको ३ बर्षभित्र काम सम्पन्न गर्न सकिने देखाइएको छ । कम्पनीका महाप्रवन्धक जोउ सिओवोले बुझाएको प्रतिवेदनको सांरांश सुनिसकेपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अध्ययन हुनु अघि सम्भावना छ कि छैन भनेर टिप्पणी हुने गरेको भएपनि अहिले अध्ययनले सम्भावना देखाएको बताए । यसले नयाँ आशा जगाएको भन्दै उनले मेरै कार्यकालमा मोनो रेल सञ्चालन गर्ने कामलाई सम्भव बनाएर देखाउने बताए ।

सो अवसरमा सम्भाव्यता अध्ययन गरेको कम्पनी सिआरसिसिका महाप्रवन्धक सिओवोले — आफूलाई नियमित जिम्मेबारी दिए तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाए । सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो ।

साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीव १० किलोमिटर सडक पर्छ । नियमित काम भए अबको ६ महिनामा विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । यसै अवस्थाबाट नियमित काम हुन पाए करीब १ खर्ब १६ अर्ब रुपैयाँमा काम सकिने प्रारम्भिक अनुमान छ । यसको पूर्ण लागत विवरण भने विस्तृत परियोजना प्रतिवेदन प्राप्त भए पछि मात्र थाहा हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x