Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नयाँ कर दरपछि चीनसँग व्यापार गर्नअमेरिका दबाबमा छैन –ट्रम्प

नयाँ कर दरपछि चीनसँग व्यापार गर्नअमेरिका दबाबमा छैन –ट्रम्प

काठमाडौं, २९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग नयाँ कर दरपछि लक्षित व्यापार हासिल गर्ने सम्बन्धमा अमेरिका कुनै दबाबमा नरहेको बताएका छन् ।

चीनको निर्यात खस्क्दिो अवस्थामा रहेकाले हामी चीनसँग भन्दा पनि चीन हामीसँग व्यापार गर्न दबाबमा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उल्लेख गरेका छन् ।

टिप्पणीहरूका अनुसार दुई पक्षले चाँडै नै अमेरिकी टारिफको सम्बन्धमा तेस्रो राउन्डको वार्ता सुरु गर्न सक्नेछन् । किनभने पछिल्लो खबर अनुसार अमेरिकासँग वार्ताका लागि चीन सकारात्मक देखिएको छ ।

अमेरिका निर्यात हुने चीनियाँ उत्पादनहरुमा नयाँ कर दर निर्धारण पछि अमेरिका र चीनबीच व्यापारयुद्ध चर्किएको छ । ठुलो अर्थतन्त्र भएको अमेरिका र चीनले यस वर्षदेखि एक अर्का विरुद्ध ५० विलियन अमेरिकी डलर बराबरको नयाँ करको दर तय गरेपछि समग्र अर्थतन्त्रमा यसको असर देखिएको छ ।

दशकौदेखि चल्दै आएको खुल्ला व्यापार नीतिलाई चूनौति दिदैं ट्रम्पले नयाँ कर दर र्निधारण गरी चीनसँगको व्यापार युद्धलाई सुरुवात गरेका हुन् ।

गतसाता मात्रै ट्रम्पले चाँडै नै २ सय विलियन डलर बराबरको वस्तुहरुमा २६७ विलियन डलर बराबरको नयाँ कर लागु गर्न सकिने बताएका थिए ।

एजेन्सीको सहयोगमा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x