असार १९ देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमति उडान भर्ने

काठमाडौं, २१ बैशाख । नेपाल वायुसेवा निगमले वाइडबडी जहाजमार्फत जापानको ओसाकामा पुन : नियमित उडान भर्ने भएको छ । निगमको ६१औं वर्ष प्रवेशका अवसरमा आउँदो असार १९ गते (जुलाई ४ तारिख) देखि ओसाकाको नियमित उडान थााल्ने निगमले जनाएको छ । निगमले गत फागुनदेखि नै उडानको सम्पूर्ण तयारी पूरा गरेपनि जापान सिभिल एभिएशन ब्युरो (जेक्याब)बाट उडान […]

मौसम असामान्य रहने पूर्वानुमान पछि हिमाल आरोहीलाई सजग रहन आग्रह

काठमाडौं, २० बैशाख । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागको मौसम आगामी केही दिन असामान्य रहने पूर्वानुमान गरेपछि पर्यटन विभागले हिमाल आरोहणको क्रममा रहेका आरोहीहरुलाई सजग रहन सुझाएको छ। मौसम विद्हरुले हिमाली क्षेत्रमा हिमपात हुनुका साथै पहाडी र तराईमा भारी वर्षा तथा हावाहुरी आउन सक्ने पूर्वानुमान गरेका छन् । पर्यटन विभागले आज सूचना […]

पर्यटनले विकास र विकासले पर्यटक भित्र्याउँछ : डा.बाबुराम भट्टराई

काठमाडौं, १३ बैशाख । नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पर्यटनले विकास र विकासले पर्यटक भित्र्याउँने बताएका छन् । गन्तब्य नेपालले आयोजना गरेको दुई दिने ‘डोमेस्टिक टुरिज्म मार्ट–२०१९’ को उद्घाटन सत्रमा देशको विकास पर्यटन क्षेत्रको विकासले हुने बताएका हुन् । नेपालको मौलिकता र नेपालको संस्कृतिलाई विश्व सामु पु¥याएर निजी क्षेत्रले पर्यटन क्षेत्रलाई आर्थिक क्षेत्रसँग जोड्नु पर्ने […]

भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन ‘पर्यटन मार्ट’

काठमाडौँ, १२ वैशाख । पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी  गराउन ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गरिने भएकाे छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा  दुइ दिने मेला […]

राज्यलाई ४५ करोड बक्यौता नतिर्ने क्यासिनोको मनोमानी, अदालतको स्टेअडरमा नविकरण नै नगरि संचालित

बलराम बुढाथोकी काठमाडौं, १२ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालमा संचालित क्यासिनोहरुले सरकारलाई ४५ करोड ५० लाख रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी छ । विभिन्न बहानामा ति कम्पनीहरुले बक्यौता रकम तिर्न अटेरि गरिरहेका छन् । सर्बोच्चको अन्तरिक आदेशमा संचालित ह्याप्पी आवर, गिल्ट, ¥याड, रकमिनि क्यासिनोले बक्यौता मात्र नतिरेको होइन, नियम […]