Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बुटवलदेखि नुवाकोटसम्म केवलकार संचालन हुने

बुटवलदेखि नुवाकोटसम्म केवलकार संचालन हुने

हरिश ढकाल, बुटवल, २५ पुष । बुटवलदेखि नुवाकोटसम्म केबुलकार संचालन हुने भएको छ । लामो समयदेखि जग्गा अभाव र बिवादका बिच रुमल्लिरहेको बुटवलबासीको आफ्नै घरआँगनबाट केबुलकार चढ्ने सपना अब पुरा हुने भएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र मणिमुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तरपुर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म संचालन हुने सो केबुलकारको लम्बाई २ किमि ९० मिटर रहने छ ।

केबुलकार संचालनका लागि आवश्यक जग्गा प्राप्तिको प्रकृयामा रहेको सिद्धार्थ केबुलकार प्रा.लि.ले बुटवल सामुदायिक बन उपभोक्ता समुहबाट सहमती प्राप्त गरि नियमनकारी निकायमा सिफारिस गरेपछि केबलकार संचालनको पुर्व तयारी अन्तिम चरणमा पुगेको छ । १ अर्ब १० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो केबरलकारको बेस स्टेशन बुटवल माध्यमिक बिद्यालयको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने टप स्टेशन पाल्पा जिल्लाको नुवाकोट डाँडामा रहने छ । सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न गरि संचालनमा आउने महत्वाकांक्षी योजनाका साथ शुरु भएको सो केबुलकारको संचालन भएपछि प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउनेछन ।

स्थानिय बन उपभोक्ता समितिको सहमतीमा नेपाल सरकार, बन मन्त्रालयबाट आवश्यक जग्गा प्राप्तीपछि सो केबुलकारको निर्माण यसै बर्ष शुरु हुने सिद्धार्थ केबुलकारका संचालक ई.राजेन्द्रसिंह गुरुङ्गले बताए । ई.गुरुङ्गका अनुसार केबुलकार संचालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुदायिक बन उपभोक्ता समिति १–२ रुपन्देहीले सहमती प्रदान गरिसकेको छ । उपभोक्ता समितिको सहमती र सम्बन्धित निकायमा सिफारिसका लागि आवश्यक निर्णय गर्न गत शनिबार एक बिशेष भेलाको आयोजना गरिएको थियो । सिद्धार्थ केबुलकार प्रा.ली.का कन्सल्टेण्ट एवं रोपवे नेपालका अध्यक्ष ई.गुणराज ढकाल अनुुसार अवको ४ महिनापछि केबुलकारको निर्माण शुरु हुनेछ भने निर्माण शुरुभएको १८ महिनामै सम्पन्न हुने छ । सहमतीपछि जग्गा हस्तान्तरण, रुख कटानीका लागि अनुमती लगाएतका आवश्यक प्रकृया पुरागर्नका लागि करिब ३ महिना लाग्ने ढकालले बताए ।

बुटवलदेखि नुवाकोटसम्म केबुलकार संचालनपछि बिशेषतः पुरानो बटौली बजार क्षेत्रको बिकासमा टेवा पुग्ने बिश्वास गरिएको छ । शुरुआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ । शुरुआतमा १ घण्टामा १ हजारका दरले स्वदेशि वा बिदेशी पर्यटक बोक्ने लक्ष सहित स्थापना हुन लागेको सो केबुलकारमा अधिकतम ९० वटा डिब्बा रहने सिद्धार्थ केबुलकार प्रालीले जनाएको छ । पश्चिम नेपालका बिभिन्न जिल्लाहरुका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका बिभिन्न स्थानका समेत गरि करिब ८ करोड जनसंख्या यसको लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशतमात्रले एकपटक यो केबुलकार चढेमा ८० लाखले यो मौका प्राप्त गर्ने अनुमान गरिएको ई. ढकालले भेलामा बताए । केबुलकारको लागि करिब ७ कठ्ठा जग्गा आवश्यक पर्ने र जग्गाका लागि आवश्यक कार्यभैरहेको पनि उनले जानकारी गराए ।

यसैबिच सरोकारवाला पक्षका प्रतिनिधी सहितको सो उपभोक्ता समितिको बिशेष भेलाले केबुलकार संचालनका लागि समितिबाट आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सहमती प्रदान गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । बन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु, बुटवल उपमहानगरपालीका वडा नम्बर १ र २ का वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु, पुर्व वडाध्यक्षहरु, उपभोक्ता समुहका सल्लाहकार एवं पुर्व अध्यक्षहरु, आम उपभोक्ताहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधी लगाएतको उपस्थिती रहेको सो भेलाले उक्त निर्णय गरेको हो ।

बुटवल सामुदायिक बन उपभोक्ता समिति १–२ रुपन्देहीका अध्यक्ष माधवप्रसाद प्रधान, वडा नम्बर १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, वडानम्बर २ का अध्यक्ष रमेशप्रसाद नेपाल, बन उपभोक्ता समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकार रबिन्द्रगोपाल लाकौल, सल्लाहकार तथा पुर्वअध्यक्षहरु महेन्द्र राजभण्डारी, बाबुराम पोख्रेल, तेजबहादुर पुन, नुवाकोट बिकास समितिका अध्यक्ष माधवप्रसाद नेपाल, सिद्धार्थ केबुलकार प्रा.ली.का कन्सल्टेण्ट एवं रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल, समितिका उपाध्यक्ष बिष्णुमान शाक्य, सदस्य लक्ष्मी श्रेष्ठ लगाएतले केबुलकार संचालनले पुरानो बटौलीका साथै समग्र बुटवलको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x