Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

गोर्खाज फाइनान्सको खुद मुनाफा २ करोड २४ लाख

गोर्खाज फाइनान्सको खुद मुनाफा २ करोड २४ लाख

काठमाडौं, ८ माघ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा गोर्खाज फाइनान्सको चालु आर्थिक वर्षको समिक्षा अवधिमा खुद मुनाफा आर्जनमा कमी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा फाइनान्सले २ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सले १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सले ४ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ । फाइनान्सले समिक्षा अवधिमा संचालन मुनाफामा सुधार गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड रुपैयाँले ऋणात्मक रहेको संचालन मुनाफा चालु आर्थिक वर्षको समिक्षा अवधिमा २ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । तर गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दामी गरेको फाइनान्सले चालु आर्थिक वर्षको समिक्षा अवधिमा ९ करोड ८७ लाख रुपैयाँ मात्र खुद व्याज आम्दामी गरेको छ ।

फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वार्षिक प्रति शेयर आम्दामी ५.१८ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा फाइनान्सको प्रति शेयर आम्दामी ३५.९९ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा फाइनान्सको कुल निष्क्रीय कर्जा अनुपात २.११ बाट बढेर ३.५८ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x