Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एचआर मिटको ११ औं संस्करण यही मार्चमा हुने

एचआर मिटको ११ औं संस्करण यही मार्चमा हुने

काठमाडौं,२२ । यो वर्षको एचआर मिट चैतमा हुने भएको छ । आज काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा यो वर्षको एचआर मिट मार्च १९ र २० मा हुने जानकारी दिइएको हो ।
कुनै पनि संस्थामा स्थापना गरिने मानव संशाधन विभागले संस्थाको विकासका साथै कुनै पनि देशको विकासमा यसको भुमिका उल्लेख्य हुने एचआर समिट आयोजकका अध्यक्ष आनन्दमान चन्दले बताउनुभयो ।
दुई दिने मानव संशाधन सम्मेलनमा यो वर्ष तान्या मिश्र र एन एस आएर प्रमुख वक्ताको रुपमा उपस्थिति हुने र उनीहरुले एचआरका विभिन्न समस्या र तिनका समाधानका बारेमा आफ्नो भनाइ राख्ने आयोजकले जनाएको छ । यसका साथै उक्त सम्मेलनमा मानव संशाधन शाखामा कार्यरत कर्मचारीको दैनिकी व्यवस्थापन एवं तनाव न्यूनिकरणका विषयमा पनि छलफल हुनेछ ।
सन् २००८ देखि नेपालमा सुरु भएको गैर आवासिय सम्मेलनको रुपमा लिइएको एचआर मिटको यो वर्षको संस्करणमा करिब करिब २ सय ५० जना सहभागि हुने अनुमान गरिएको छ ।
गत वर्षको एचआर सम्मेलनमा विभिन्न संघ संस्था र कार्यलयबाट २६० जना सहभागि उपस्थित भएको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो वर्षको एचआर मिटको टाइटल स्पोन्सरको रुपमा निम्बल इन्फोसिस प्रा.लि रहेको छ भने बोष्टोन इन्टरनेशनल कलेज एसोसियट पार्टनरको रुपमा रहेको छ । साथै एचआर मिट आयोजकले आफुले पहिल्यै गरेको प्रतिवद्धता अनुसार आर्थिक पत्रकार संघका लागि २५ हजार रुपैंया सहयोग छुट्याएको घोषणा पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x