Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

धितोपत्र बोर्ड भन्छ लगानीकर्ता आतिनुपर्ने अवस्था छैन, होसियारपुर्वक लगानी गर्दा उत्तम

धितोपत्र बोर्ड भन्छ लगानीकर्ता आतिनुपर्ने अवस्था छैन, होसियारपुर्वक लगानी गर्दा उत्तम

काठमाडौं, ७ चैत । पछिल्लो समय शेयर बजारको परिसुचक निरन्तर ओरालो लाग्दै गएको छ । यसरी नेप्से परिसुचक ओरालो लाग्दै गए पछि लगानीकर्ताहरुको लगानीे गुम्दै गएको छ । निरन्तर ओरालो लाग्दै गएपछि शेयर बजार प्रति लगानीकर्ताहरुको आकर्षण समेत घट्दै गएको पाइएको छ । जसलाई शेयर बजारको कारोबार रकमले समेत पुष्टी गरेको छ ।

शेयर बजारमा निरन्तर गिरावटको कारण लगानीकर्ताहरुको आतिनुपर्ने अवस्था नभएको नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले बताएका छन् । ‘नेप्से ओरालो लाग्दैमा लगानीकर्ताहरु आतिनुपर्ने आवस्था छैन,’ उनले भने । ‘तर यो समयले होसियारीपुर्वक लगानी गर्न आवश्यक रहेको छ ।’ शेयर बजारको परिसुचक माथि उक्लेने र तल झर्ने प्रक्रिया सामान्य रहेको भन्दै उनले त्यसो भनेको प्रष्टाएका छन् । ‘शेयर बजारको प्रक्रिया नै माथि जाने र तल झर्ने हो,’ गिरीले बताए ।

मुलुकको समग्र आर्थिक अवस्थाको कारण नै शेयर बजारमा यसको प्रभाव पारेको धितोपत्र बोर्डका प्रवक्ता गिरीले जनाए । पुँजीगत खर्च बढ्न नसक्नु र नयाँ गठित सरकारले तय गर्ने निती प्रष्ट नभएको कारण शेयर बजारमा यसको प्रभाव परेको छ । यता वित्तीय प्रणालीमा निक्षेप अभाव हुन गई कर्जा प्रवाह गर्न बैंकहरुले रोक लगाइएको कारणले समेत शेयर बजार ओरालो लाग्न गएको छ । वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभावको कारण निक्षेपको व्याजदरमा वृद्धि आएको छ । जसको प्रभावले कर्जाको व्याजदरलाई समेत बढाएको छ । यसरी कर्जाको व्याजदरमा आएको वृद्धिले नयाँ कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा मुलुकको समग्र अर्थतन्त्रमा यसको असर पर्ने देखिएको छ । यस्तै कर्जा प्रवाहमा रोक लागेसंगै शेयर कर्जामा समेत सुस्तता आएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता गिरीका अनुसार हाम्रो शेयर बजारमा दिर्घकालिन लगानीकर्ताहरुको अभावको कारणले पनि शेयर बजारमा छोटो समयमा नै प्रतिक्रिया जनाउने प्रवृति हावी रहेको छ । ‘छोटो अवधिको लागि लगानी गर्ने लगानीकर्ताहरु छन्, त्यसैले बजारले छोटो अवधिमा नै यस्तो खालको प्रतिक्रिया दिन्छ,’ उनले भने । छोटो अवधिका लागि लगानी गर्ने र त्यसको प्रतिफल सुरक्षित गर्ने लगानीकर्ताहरु भएका कारण बजार यतिको प्रतिक्रियात्मक भएको उनको भनाइ रहेको छ । दिर्घकालिन लगानीकर्ताहरु शेयर बजारमा प्रवेश गर्न आवश्यक रहेको उनले बताए ।

यस्तै शेयर बजार घट्दो क्रममा रहेको समय शेयर किन्ने उत्तम समय भएको गिरीले बताए । यसरी शेयर बजार घटिरहँदा राम्रै कम्पनीहरुको शेयर सस्तोमा पाउने उनले बताएका छन् । शेयर बजारमा शेयर खरिद गर्ने र बिक्री गर्ने दुई पात्रहरु हुने गर्दछन् । शेयर लगानीकर्ता वारेन बफेटले समेत अरु डराएका बेला आफुले शेयर किन्ने र अरु लोभी भएका बेला आफुले शेयर बेच्ने भनेका छन् । शेयर बजारमा गिरावट आउँदा शेयर मुल्यमा समेत कमी आउने हुन्छ । यहि मौकाको सदुपयोग गर्दा लगानीकर्ताहरुलाई फाइदा हुने गर्दछ । तर शेयर खरिद गर्न खोजिएको कम्पनीको विश्लेषण भने आवश्यक पर्दछ ।

बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक आज २४.४ अंकले घटेर १२३१.०७ विन्दुमा पुगेको छ । शेयर बजार बुधबार १.९४ प्रतिशतले घटेको छ । आज कुल १५२ कम्पनीहरुको ९ लाख ४५ हजार ५३७ कित्ता शेयरको किनबेचबाट ३८ करोड ३२ लाख १५ हजार ४२४ रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका १० कम्पनीहरुका लगानीकर्ताहरुले कमाएका छन् भने १३४ कम्पनीहरुको लगानीकर्ताहरुले गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x