Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पर्यटकहरुको संख्यामा वृद्धि, १० लाख पर्यटक भित्रने सम्भावना

पर्यटकहरुको संख्यामा वृद्धि, १० लाख पर्यटक भित्रने सम्भावना

काठमाडौं, ३० कार्तिक । २०१७ को दश महिनासम्ममा विदेशी पर्यटकहरु नेपाल भित्रने संख्यामा वृद्धि भएको छ । यस अवधिसम्ममा ७ लाख ५७ हजार ३८१ जना पर्यटकहरु नेपाल भित्रिएका छन् । संख्याको आधारमा गत वर्षको सोहि अवधि भन्दा यस वर्ष १ लाख ५३ हजार ७९२ जना पर्यटकहरु बढेको छ । गत वर्ष २०१६ को समिक्षा अवधिमा ६ लाख ३ हजार ५८९ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो दश महिनाको पर्यटक आवागमनको तथ्याङ्कलाई हेर्ने हो भने २०१७ को अन्त्यसम्ममा १० लाख पर्यटक नेपाल भित्रने सम्भावना रहेको छ । २०१७ सकिन अब डेढ महिना बाँकी छ । तर बाँकी भएको अवधि नेपाल भ्रमण गर्ने उपयुक्त समय हो । विषेश गरि नेपाल घुम्न आउने पर्यटकहरुको संख्या अगष्ट देखी डिसेम्बरसम्म बढ्ने हुन्छ । त्यसो त वर्ष भरि नै पर्यटकहरु नेपाल आउने गर्दछन् । गत अक्टोबरमा मात्रै १ लाख १२ हजार ४९२ जना पर्यटकहरु नेपाल आएका थिए ।

नेपालको बारेमा पर्यटन क्षेत्रमा आवद्ध विभिन्न निजी क्षेत्र तथा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन मन्त्रालय एवं नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रचारप्रसारको कारण पर्यटकहरुको संख्यामा वृद्धि आएको हो । यस्तै सामाजिल संजालमा नेपालको पर्यटकिय गन्तव्यको तस्विरहरु पोष्ट हुने भएकाले समेत पर्यटक आवागमनमा वृद्धि भएको बुझिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले नेपालको पर्यटकिय गन्तव्यहरुलाई विश्वको उत्कृष्ट गन्तव्यहरुको सुचिमा राख्नुले पनि पर्यटकहरुको नेपाल प्रतिको मोहलाई सहयोग गरेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई प्रत्यक्ष रुपमा बाधा पुर्याउने बन्द, हड्ताल चक्काजाम पछिल्लो समय बन्द नै भएको छ । जसले गर्दा नेपाल सुरक्षित गन्तव्य भएको प्रचारप्रसार अन्तर्राष्ट्रिय जगतमा पुगेको छ । तर सरकारले पर्यटन क्षेत्रलाई थप विस्तार गर्ने पुर्वाधारहरुको विकासमा ध्यान दिन आवश्यक रहेको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको व्यवस्थापनमा सुधार तथा विस्तार गर्न सकेमा थप पर्यटकहरु भित्रने पर्यटन व्यवसायीहरुले बताएका छन् । यस्तै सडक पुर्वाधारहरुको विकासमा समेत सरकारको ध्यान जान आवश्यक रहेको छ । पर्यटकिय स्थल चितवन, लम्बिनी र पश्मिच जोड्न मुग्लिन नारायणघाट राजमार्ग यथासिघ्र निमार्ण जरुरी बनेको छ ।

पर्यटकहरुमा संख्यामा वृद्धि आएसंगै गुणस्तरिय होटलहरुको संख्यामा समेत वृद्धि भएको छ । साथै होटलहरुले दिने सेवा तथा सुविधामा पनि वृद्धि भएको पाइन्छ । यसरी होटलहरुको संख्यामा वृद्धिले मुलुकमै रोजगारीको सृजना अवसर भएको छ । साथै विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x