Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ’

‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ’

काठमाडौं, २६ वैशाख। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबारे बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग सुझाव लिएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग छलफलका क्रममा उनले नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए। तालमेलका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उनकाे भनाए छ ।

सरकार र नियामक भनेकै राज्य हो। राज्यको उद्देश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ।’

यस्तै उनले अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउने बताए। आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने उनकाे भनाइ छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x