Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बैशाख १५ र १६ गते लुम्बिनीमा हुदैं

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बैशाख १५ र १६ गते लुम्बिनीमा हुदैं

काठमाडौं, ११ बैशाख । “लुम्विनी नेपाल बुद्धको जन्मस्थल तथा विश्व शान्ति र बौद्ध दर्शनको मुहान” भन्ने नारा सहित यहि वैशाख १५ र १६ गते लुम्बिनीमा दुई दिने बौद्ध सम्मेलन हुने भएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर लुम्विनी विकास कोषले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनमा २३ देशका संस्कृति एवं धार्मिक मामिला मन्त्री सहित बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले सहभागि जनाउने छन् । सम्मेलनले लुम्बिनी सहित र बुद्धको जीवनीसँग जोडिएका रामग्राम, देवदह लगायतका स्थानको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।त्यस्तै नेपाललाई अन्र्तराष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्न पनि सघाउ पुग्ने आयोजकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x