Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चितवनमा पूँजी बजारबारे सचेतना कार्यक्रम सम्पन्न

चितवनमा पूँजी बजारबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, १८ चैत । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि), नेपाल स्टक एक्सचेन्ज लिमिटेड र उद्योग वाणिज्य संघ, चितवनको संयुक्त आयोजनामा प्रदेश नं. ३ को चितवनमा “पूँजी बजार, डिम्याट्, सि–आस्बा, मेरो शेयर सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम” सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत एवं सिडिएससिका संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले लगानीकर्ताहरुलाई सावधानीपूर्वक लगानी गर्न सचेत गारउदै अनलाईन ट्रेडिङ सिस्टम समयमै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।त्यस्तै सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले धितोपत्र अभौतिकीकरण, सिडिएस एण्ड क्लियरिङ्गको कार्य तथा पूँजी बजार विकासमा त्यसको भूमिका, प्राथमिक सार्वजनिक निष्काशनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सि–आस्बा र मेरो शेयर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल स्टक एक्सचेन्जको तर्फबाट निरञ्जन फुयालले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा तीन सय भन्दा बढीको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x