प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बेस्डर’ अभियान

काठमाडौं, १४ वैशाख । सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बेस्डर बनाउँदै आएको छ ।
प्रोडक्ट एम्बेस्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन सामग्रीहरू कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचारप्रसार गर्नुका साथै कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरूको विशेष स्थानमा उनीहरूको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।
कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरूको मान–सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरू प्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले कम्पनीमा आबद्ध सबै अभिकर्ताहरू माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो ।
यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यावसायिक मनोबलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो ।
चालू आवमा यस कम्पनीका बुटवल(पाल्पा रोड शाखाका कमल प्रसादघिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगन्ज शाखाका सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि ‘प्रोडक्ट एम्बास्डर’को उपाधि प्राप्त गर्न सफल भएका छन् ।