Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

तत्कालिन माओवादी केन्द्र ऋणमा,एमालेको दैंनिक आम्दानी ४ लाख

तत्कालिन माओवादी केन्द्र ऋणमा,एमालेको दैंनिक आम्दानी ४ लाख

काठमाडौं, जेठ ७ । तत्कालिन  नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेसँगै दुई दलसँग रहेको आर्थिक एव भौतिक सम्पत्तीको लेखाजोखा सुरु भएको छ । प्रराम्भिक आर्थिक रिपोट अनुशार माओबादी केन्द्र १४ करोड ऋणमा रहेको छ भने एमालेलेको दैनिक अम्दानी ४ लाख रहेको छ ।

भौतिक सम्पतीका नामा माओवादीको पेरिसडाडामा रहेको जग्गा एव भवन मात्र रहेको र सो जग्गा पनि पार्टीले ब्याक्तीको नाममा राखेर बैंकबाट ऋण निकाले छ । नागरिक दैनिकका अनुशार एमालेसँग भने बल्खुमा चार रोपनीभन्दा बढी जग्गा, पुतलीसडकमा जिफन्ट कार्यालय भवन, च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन, रानीबारीमा पुष्पलाल प्रतिष्ठान भवन छन्। ६६ वटा जिल्लामा एमालेको आफ्नै कार्यालय भवन छ। यस्तै पार्टीको नाममा दुईवटा सवारीसाधन रहेका छन्। माओवादीले युद्धकालमा कब्जामा लिएका र खरिद गरेका धेरै गाडी भने नेताका नाममा नामसारी भइसकेका छन्।

एमालेको बैंक खाता कालिमाटीस्थित कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा छ। माओवादीको बैंक खाता एभरेस्ट बैंक र ग्लोबल आईएमईमा छ। खातामा के कती रकम छ भन्ने नखुलाइए पनि खातामा पार्टीलाइ बुझाउने पर्ने लेवी जम्मा गर्दै आइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x