Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

धनुषामा सन्राइज बैंकको शाखा कार्यालय स्थापना

धनुषामा सन्राइज बैंकको शाखा कार्यालय स्थापना

काठमाडौं २८ जेठ । सन्राइज बैंक लिमिटेडले धनुषाको जनकपुरमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको आइतबारका नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य र बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने छ । त्यस्तै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था पनि मिलाएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x