Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्था सम्बन्धी अन्तक्रिया

धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्था सम्बन्धी अन्तक्रिया

काठमाडौं, ४ माघ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको सहकार्यमा हालै धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्थासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालतका बरिष्टतम न्यायधिश दीपकराज जोशीको प्रमुख आतिथ्यता तथा सर्वोच्च अदालतका न्यायधिश अनिल कुमार सिन्हाको विशिष्ट आतिथ्यतामा भएको उक्त अन्तक्रिया कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायधिश, विशेष अदालतका अध्यक्ष, जिल्ला अदालतका न्यायधिशहरु, जिल्ला अदालत बार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एशोसिएशन तथा नेपाल बार एशोसियशनका उच्च पदाधिकारीहरु, कानुन व्यवसायीहरु, नेप्से तथा सिडिएसका पदाधिकारीहरु र बोर्डका पदाधिकारीहरु लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

अन्तक्रिया कार्यक्रममा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका उपाध्यक्ष मदन रेग्मीले नेपाल धितोपत्र बोर्डलाई जिल्ला अदालत सरह अधिकार दिइएमा धितोपत्र बजारसम्बन्धी धेरै मुद्दाहरु बोर्डबाटै निरुपण हुनसक्ने धारणा राखे । त्यस्तै सर्वोच्च अदालतका बरिष्टतम न्यायधिश दीपकराज जोशीर्ले आवश्यक अध्ययन तथा ज्ञानको अभावमा पँुजी बजारसम्बन्धी मुद्दाहरुलाई अगाडि बढाउने कार्यलाई चुनौतीपूर्णरुपमा लिइने गरेको, बाणिज्य सम्बन्धी ऐन नियमहरुमा समेत न्यायशिसहरुलाई स्पष्ट हुन नसकेकोले मुद्दाका दुवै पक्षहरु उपस्थित भएपछि मात्र मुद्दा अगाडि बढाउने गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परीष्ट नाथ पौड्यालले धितोपत्र बजारको वर्तमान अवस्था र भावी कार्यक्रम, नेप्सेका उप प्रबन्धक निरञ्जन फुयालले पँुजी बजारसम्बन्धी मुद्दामामिलामा अदालतबाट हुने फैशला तथा फैशलाबाट बजारमा पर्ने व्यवहारिक कठिनाई सहित धितोपत्रको दोस्रो बजारः नेप्से तथा सिडिएस तथा बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले धितोपत्र बोर्ड सम्बन्धी कानुनी व्यवस्था तथा समस्याहरु जस्ता विषय शीर्षकहरुमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x