Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेशनल लाईफको हकप्रद श्रावण १ गतेबाट

नेशनल लाईफको हकप्रद श्रावण १ गतेबाट

काठमाडौं, १५ असार । नेशनल लाईफ इन्स्योरेन्सले श्रावण १ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले १० बराबर ६ कित्ता अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । जसका लागि इन्स्योरेन्सले असार २२ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ । इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्न शेयर लगानीकर्ताहरुले असार २१ गतेसम्ममा शेयर खरिद गर्नुपर्दछ । इन्स्योरेन्सले उक्त हकप्रद शेयरको बिक्री बन्द भदौ ४ गते गर्ने जनाएको छ ।

इन्स्योरेन्सले ९९ करोड ३६ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x