Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताको चेतावनी

पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताको चेतावनी

काठमाडौं,जेठ २३ । सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न समिति बनाए पनि शेयर बजारका संगठित लगानीकर्ताले बुधबार पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।

सरकारले लाभकर बारे अध्ययन गर्न मंगलबार अर्थमन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको छ। समितिमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र आमन्त्रित सदस्यका रुपमा लगानीकर्ता छन्।

आन्तरिक राजस्व बिभागले आइतवारदेखि लागु हुने गरी हकप्रद र वोनस शेयरको आधार मुल्यमै पूँजीगत लाभकर लगाउने निर्णय गरेपछि लगानीकर्ता आन्दोलित भएका हुन । इन्भेष्टर्स फोरमले सरकारले आफ्नो निर्णय फिर्ता नदिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

आगामी आन्दोलनको स्वरुप बारे फोरम, सेयर लगानीकर्ता संघ नेपाल र पुँजी बजार लगानीकर्ता सघंको मंगलवार साँझ बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो।लगानीकर्ताले मंगलबार शेयर कारोवार नगरी ठप्प पारेका थिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x