Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सरकारको राजस्वले चालु खर्च धान्न छाड्यो

सरकारको राजस्वले चालु खर्च धान्न छाड्यो

काठमाडौं, १४ जेठ । सरकारको राजस्वले चालु खर्च समेतलाई धान्न छाडेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४–७५ अनुसार, चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा संघीय सरकोको राजस्व बचतको अनुपात ० दशमलव ३ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ । त्यस्तै, कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेट घाटा गत वर्षको ७ दशमलव २ प्रतिशतबाट बढेर १० दशमलव ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यस आर्थिक वर्षमा सरकारको राजस्व वृद्धिदरमा कमी आएको छ । गत वर्ष राजस्व संकलनमा २१ दशमलव ८ प्रतिशतको वृद्धि रहेकोमा चालु आर्थिक वर्षमा १९ प्रतिशतले वृद्धि भई ७ खर्ब ७० अर्ब रुपैँया राजस्व संकलन हुने अनुमान गरिएको छ । यद्यपि कुल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात भने वृद्धि भई गत वर्षको २३ दशमलव १ प्रतिशतबाट २४ दशमलव ३ प्रतिशत रहने अनुमान गरिएको छ । बजेट घाटा गत वर्षको तुलनामा ६४ दशमलव ८ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
पछिल्ला वर्षहरुमा भुक्तानी गर्न बाँकी आन्तरिक ऋणको अनुपात बढ्दै गएको छ भने बाह्य ऋणको अनुपात घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्म ऋणको हिस्सा कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत अर्थात् ८ खर्ब ४३ अर्ब रुपैँया छ जसमध्ये ५३ दशमलव ९ प्रतिशत वैदेशिक ऋणको हिस्सा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x