Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सार्कको ५४ औं बैंठक सोमबार देखि

काठमाडौं, २० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ५४ औं बैठक आगामी सोमवारदेखि राजधानी स्थित सार्क सचिवालयमा हुने भएको छ । बुधवारसम्म चल्ने बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमाथि छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र तथा बाह्य मामिला मन्त्रालयका सार्क महाशाखा हेर्ने सहसचिव आइतवार राजधानी आइपुग्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x