Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सेन्ट्रल फाइनान्सको बोनस शेयर स्विकृत

सेन्ट्रल फाइनान्सको बोनस शेयर स्विकृत

काठमाडौं, १४ असार । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८.५ प्रतिशत बोनस शेयर दिने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ ।

फाइनान्सको संचालक समितिले निर्णय गरेको उक्त बोनस शेयरमा लाग्ने कर बापत लाग्ने ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश समेत दिने बताएको छ । कम्पनीले गत पौषमा जारी गरेको हकप्रद शेयरका लागि आवेदन दिने शेयरधनीहरुले समेत उक्त बोनस शेयर शेयर पाउने कम्पनीले जनाएको छ । कम्पनीले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।

कम्पनीले आगामी वार्षिक साधारण सभामा उक्त बोनस शेयरको प्रस्ताव लाने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x