Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१७.१८ अंकले घट्यो शेयर बजार, रहेन उत्साह लगानीकर्ताहरुमा

१७.१८ अंकले घट्यो शेयर बजार, रहेन उत्साह लगानीकर्ताहरुमा

काठमाडौं, ८ फागुन । शेयर बजार प्रति लगानीकर्ताहरुको विश्वास बढ्न सकेको छैन । सोहि कारण पनि शेयर बजारमा उत्साह बढ्न नसकेको हो । सरकारले पुर्णता नपाउँदा शेयर बजार प्रति लगानीकर्ताहरुको विश्वास बढ्न सक्ने अवस्था तत्काल देखिदैन ।

यता प्रधानमन्त्री र दुई मन्त्रीहरुको चयन भएता पनि सरकारले पुर्णता पाउन अझै समय लाग्ने देखिएको छ । सरकारले पुर्णता पाउने र अर्थमन्त्री को बन्ने भन्ने कुराको अन्यौलता कै कारण शेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढ्न सकेको छैन । नयाँ सरकार गठनको समचारले शेयर बजारमा उत्साह छाएको थियो । तर यो साता शेयर बजारमा लगानीकर्ताहरुको उत्साहले गति लिन पाएको छैन ।

मंगलबार शेयर बजार १७.१८ अंकले शेयर बजार ओरालो लाग्दा नेप्से परिसुचक पुनः १४०० विन्दु मुनि पुगेको छ । नेप्से परिसुचकमा आज भएको दोहोरो अंकको गिरावटले १३९६.७२ विन्दुमा पुगेको छ । नेप्से परिसुचकको गिरावटसंगै शेयर बजारको कारोबार रकममा समेत शिथिलता छाएको छ । मंगलबार शेयर बजारमा कुल १६० कम्पनीहरुको १० लाख १९ हजार ६९० कित्ता शेयरको किनबेचबाट ४० करोड ५८ लाख ९६ हजार ६७७ रुपैयाँको कारोबार भएको छ ।

आज मंंगलबार सबैभन्दा बढि वीमा समुहको परिसुचकमा गिरावट आएको छ । वीमा समुह आज ११०.५६ अंकले ओरालो लागेको छ । यस्तै बैंकिङ समुह १५.३९, व्यापार ३.०४, विकास बैंक १८.२८, जलविद्यूत २५.४२, वित्त २.८८, उत्पादन ५६.२६ र लघुवित्त ३७.५१ अंकले तल झरेको छ । यता होटल ३.३५ र अन्य समुह ०.३८ अंकले माथि उक्लेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x