नगरकोटमा पर्यटकलाई दोहोरो प्रवेश शुल्क
काठमाडौं, २९ असोज । आजबाट नगरकोटबाट हिमालयन दृष्य अवलोकनका लागि जाने पर्यटकहरुले दोहोरो शुल्क तिर्नुपर्ने भएको छ ।
गत आर्थिक वर्षबाट चाँगुनारायण नगरपालिकाले प्रति विदेशी पर्यटक भ्याटबाहेक ३ सय रुपियाँ लिँदै आएकोमा चालु आर्थिक वर्षबाट भ्याटसहित ३ सय रुपियाँमा सीमित गरेको थियो ।
आजबाट नगरकोट पुग्ने पर्यटकले पुनः मण्डनदेउपुर नगरपालिकाले भ्याटबाहेक ३ सय रुपियाँ भ्याटबाहेक शुल्क असुल्न शुरु गरेको हो ।
दुवै नगरपालिकाले सार्क राष्ट्र, गैर सार्क राष्ट्रका पर्यटकलातई भिन्नाभिन्नै प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रका पर्यटकलाई २ सय रुपियाँ शुल्क तोकिएको छ ।
संघीयता लागू भएर स्थानीय निकायले कर उठाउन पाउने अधिकार दिए पनि यसरी एकै ठाउँको लागि दुई नगरपालिकाले प्रवेश शुल्क उठाउँदा यसले अन्तर्राष्ट्रिय रुपमा नराम्रो सन्देश जाने पर्यटनविज्ञहरु बताउँछन् ।