Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एभरेष्ट इन्स्योरेन्सलाई संस्थापक हकप्रद सेयर बिक्रीको अनुमति

एभरेष्ट इन्स्योरेन्सलाई संस्थापक हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौं, ७ कात्तिक । एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडले १ सय ५ प्रतिशत संस्थापक हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एभरेष्टले १ः१.०५ अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता संस्थापक हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले बिक्री प्रबन्धकमा जिम्मेवारी सिद्धार्थ क्यापिटललाई नियूक्त गरेको छ। एभरेष्टले यसअघि दिएको १०प्रतिशत बोनसपछि कायम भएको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँबाट १ सय ५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीको गत वैशाख १० गते सम्पन्न सभाले बोनसपछि हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x