Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशिया बैंकले ४ अर्वको ऋणपत्र निस्काशन गर्ने

एनआइसी एशिया बैंकले ४ अर्वको ऋणपत्र निस्काशन गर्ने

काठमाडौं, ७ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ ऋणपत्र २०८५÷८६ को बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त गरेको छ।

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले हस्ताक्षर गरे ।

एनआईसी एशियाले ४ अर्ब रुपैयाँको ऋणपत्र ११ प्रतिशत ब्याजदर दिने गरेर निकाल्ने छ । यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२÷ ८३’सम्पूर्ण रुपमाआवेदनप्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशतव्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकको छ ।

ऋणपत्र धितोपत्र बोर्डले स्वीकृती दिएपछि बैंकले ८० प्रतिशत ऋणपत्र व्यक्तिगत तथा २० प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x