Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आज कोजाग्रत पूर्णिमा, यसवर्षको दशैंलाई विदा गरिदैं

आज कोजाग्रत पूर्णिमा, यसवर्षको दशैंलाई विदा गरिदैं

काठमाडौं, ७ कात्तिक । आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ ।घटस्थापनाका दिन राखिएको जमरालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन छ ।

रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । यसै दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x